• कोरोना भाइरसविरुद्धको अभियानमा लाग्नेलाई ‘सलाम छ’

    म्यूजिक खबर
    प्रकाशित: १६ बैशाख २०७७, मंगलवार

    काठमाडौं । ललितकला क्याम्पसमा चित्रकला सम्बन्धी प्राध्यापन गराइरहेका ज्योति प्रकाश पछिल्लो समयमा गीतसंगीतमा पनि निकै फड्को मारिरहेका छन् । संगीत भर्ने, शब्द लेख्ने काममा उनी पोख्त बनिसकेका छन् । एकपछि अर्को गर्दै गीत बजारमा ल्याउने क्रममा उनले यतिखेर भने आपत विपतमा खट्ने सम्पूर्ण जगतलाई सलाम गर्दै आएका छन् ।

    कोरोना भाइरसविरुद्धको अभियानमा लाग्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी लगायत समाजसेवाका हरपाटोलाई सलाम गर्दै ज्योति प्रकाशले शब्द तथा संगीत भरेको गीत ‘सलाम छ’ यतिखेर बजारमा सार्वजनिक भएको छ । गायिका जीना रसाइली र गायक राजसागरको स्वरमा रहेको गीत ‘सलाम छ’को भिडियोसहित ज्योतिप्रकाशले आफ्नै यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
    लकडाउनको अवस्थामा पनि भगवानको रुप देखाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी जो रात दिन नभनी खटिरहेका छन् । विश्वभरी फैलिएको कोरोना भाइरसले आतंकित बनाइरहेको जनजीवनमा भगवानको रुप देखाउनेहरुलाई सलाम गर्दै उनले गीत सिर्जना गरेको बताएका छन् । दैनिकी रुपमा चित्रकला र संगीतकलालाई उतार्दै लकडाउनको समय सदुपयोग गरिरहेका छन् ज्योतिप्रकाशले । भिडियोको छायाँकनसमेत ज्योतिप्रकाशको नै रहेको छ भने सम्पादन दिलिप तामाङ ‘गरब’ को रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु