फष्टलुकमा यस्तो देखियो ‘सम्हाली राख है’

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

काठमाडौं । चलचित्र ‘सम्हाली राख है’को फष्टलुकलाई सार्वजनिक भएको छ । चलचित्रको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो । फष्टलुक हेर्दा चलचित्रमा र रोमान्सले भरिपुर्ण रहेको अनुमान गर्न सकिन्छ । फष्टलुकसँगै चलचित्रको आधिकारीक प्रचार समेत सुरु भएको निर्माण जुनिटले जनाएको छ ।

तारा शंकर चलचित्र प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको चलचित्र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा आरएल मोक्तानको निर्देशन रहेको छ ।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोह िबस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् ।
सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको चलचित्रमा दशै र तिहारको बिच पारेर रिलिज गर्ने योजनामा निर्माण युनिटको रहेको छ ।
निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य चलचित्रमा समेटिएका छन् । चलचित्र सबै नेपालीले एकपटक हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए ।

युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ निर्माण भएको चलचित्र कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नु पर्ने सन्देश समेत दिने निर्माता हरिकृष्ण महर्जनले बताए ।
‘नेपाली चलचित्रमा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो चलचित्र दिन ‘सम्हाली राख है’ बनेको हो ।’ चलचित्रले दर्शक निरास नपार्ने महर्जनले दाबी गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु