• डिपीको शब्द, संगीत र स्वरमा ‘सुनन स्विटहार्ट’

    म्यूजिक खवर
    प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार

    काठमाडौं । गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको ‘सुनन स्विटहार्ट’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ । गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गरेका हुन् ।

    टिकटक स्टार साथै गायिका समिक्षा बस्नेतको अफिसियल युट्युब च्यानल “Samikshya Basnet” बाट सार्वजनिक भएको गीतको भिडियोमा बिशाल रेग्मी, समिक्षा बस्नेत र कुमार पाण्डेको अभिनय देख्न सकिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु