• समिक्षाको तर्क ‘न मैंले सोचेजस्तो जीन्दगी, नत जीन्दगीले सोचे जस्तो म’

    म्यूजिक खबर
    प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

    काठमाडौं । गायिका समिक्षा अधिकारी पछिल्लो समयमा सबैको चासोमा परेकी गायिका हुन् । उनको व्यक्तिगत जीवनका गतिविधीलाई चासो दिने र नजिकबाट नियाल्नेहरु प्रशस्तै छन् ।

    पछिल्लो समय बेला मौका सामाजिक सञ्जालमा तस्बिर राख्दै स्ट्याटस लेखेका कारण पनि चर्चामा आउँछिन् । उनले यतिबेला जीन्दगीप्रति गुनासो भाव सहित तस्बिर पोस्ट गरेकी छन्। उनले जीन्दगी सोचे जस्तो आफू नरहेको भनेकी छिन् ।

    सामाजिक सञ्जालमा तस्बिर राख्दै समिक्षाले जीन्दगी आफूले सोचेजस्तो नभएको र जीन्दगीले सोचेजस्तो पनि आफू नभएको लेखेकी छिन् । तर, आफू र जीन्दगी एकसाथ रहेको भनेकी छिन् ।

    समिक्षा अधिकारीले लेखेकी छिन्ः जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ‘‘,तर हामी एकसाथ जिइरहेछौँ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु