• गणेशको शब्द, समिक्षा र प्रकाशको स्वरमा ‘म आएको तिमीलाई देखेर’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १७ असार २०८१, आईतवार

    काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पू¥याउँदै आएका गीतकार गणेश चौलागाईंको शब्दमा ‘म आएको तिमीलाई देखेर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल परदेशी भूमी रोमानियालाई कर्मथलो बनाउँदै आएका गणेशले नै गीतमा संगीत भरेका हुन् । सार्वजनिक गीतमा भर्सटायल गायिका समिक्षा अधिकारी र प्रकाश सापकोटाको स्वर रहेको छ । सुदिप सागरले संगीत संयोजन गरेको गीतलाई कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

    गीतको भिडियोमा विजय पुन र अस्मिता पुरीको अभिनय तथा नृत्य रहेको छ भने स्मृति तिमल्सिना गुरुआमाले नृत्य निर्देशन तथा कोरियोग्राफी गरेकी छन् ।

    सुवास रेग्मीले निर्माण रहेको म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ ।
    लोक शैलीको रोमान्टिक गीतमा युवायुवतीले माया प्रेमको कुरा र एकअर्काप्रतिको भावना दर्शाएका छन् । गीतको भिडियो विन्दवासिनी म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु