अन्जुको स्वरमा रहेको गीत ‘मुटु बिना’बाट समिक्षाको अभिनयमा डेब्यू

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७७, शनिबार

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘मुटु बिना’ गीत सार्वजनिक भएको छ । श्रीकृष्ण बममल्लको शब्द तथा संगीतमा रहेको गीत ‘मुटु बिना’ गीतबाट समिक्षा क्षेत्रीले अभिनयमा डेब्यू गरेकी छन् । अध्ययनमा नै आफूलाई सीमित राखेकी समिक्षाले अब भने म्यूजिक भिडियो मोडलिङको यात्रामा निरन्तर लाग्ने सोचका साथ म्यूजिक भिडियो खेलेको बताएकी छन् ।

ुसमीक्षासँगै म्यूजिक भिडियो मोडलिङमा भक्तराज जोशी र बिनु कार्कीले साथ दिएका छन् । रविन्द्र बरालको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । यस भिडियोको निर्देशन अन्जन शर्माले गरेका छन् । भिडियो कामना म्यूजिकको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु