• ‘माकुरी’ मा चर्चित र लोकप्रिय कलाकारहरु

    म्यूजिक खवर
    प्रकाशित: ५ माघ २०७७, सोमबार

    काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएका ¥यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे) को नयाँ गीत ‘माकुरी’ सार्वजनिक गरिएको छ । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आर.जेको र्याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत भरेका छन् । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ ।

    गीतको भिडियोमा पछिल्लो समयका युवामाझ लोकप्रिय कलाकारहरुलाई देख्न सकिन्छ । बिशेषगरी युट्युवका सिरिजहरुमा मन पराइएका जिबेश गुरुग, यस्तै युट्युवमा प्रयांक गरेर चर्चामा आएका एलिस राई, यस्तै हास्य टेलिसिरियल सक्किगोनीका लोकप्रिय कलाकार हरिश निरौला (कक्रोज), मोडल उषा उप्रेती र टुईन्स गर्ल समारिका र स्मारिका ढकालको अभिनय रहको छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।

    यस गीतमा गायिका रोशनीको लगानी रहेको छ । यसअघि केहि गीत गाउनु भएकी रोशनीले मिस्टर आरजेको टिमसँग काम गर्न पहिल्यै देखी इच्छा भएकाले अहिले सपना पुरा भएको बताए । मिस्टर आरजेले पनि आफ्नो केहिसमय पछिको आशलाग्दो प्रोजेक्टको रुपमा यस गीतलाई लिएको बताएका छन् ।

    प्रोस्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो भने भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोको सहायक निदेर्शकमा मनिषा पोखरेल हुन् । निर्देशक बिधानले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा पनि निकै मिहिनतका साथ आफूले काम गरेको र दर्शकको प्रतिक्रियाका लागी प्रतिक्षारत रहेको बिधानले बताए ।
    भिडियो हरि हुमागाईंले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा कलर भर्ने काम राजेन्द्र मोक्तानले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु