मृगौला पिडित बाल गायकले ल्याए ‘मेरो भगवान भनेपनि हजुर’

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । स्टार म्युजिक सेन्टरको प्रस्तुतीमा मृगौला पिडित बाल गायक समिर तामाङको नयाँ गीत ‘मेरो भगवान भनेपनि हजुर’ को फागुन ११ गते शनिबारका दिन बिमोचन सहित भिडियो सार्वजनिक भएको छ । स्टार म्युजिकका प्रवन्ध निर्देशक लक्षु प्रकाश मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल रहेको थिए ।

कार्यक्रममा बिशिष्ट ब्यक्तीहरु, कलाकार, पत्रकारहरुको सहभागीता रहेको थियो । मेरो भगवान भनेपनि हजुर गीतमा समिर तामाङको स्वर रहेको छ भने फुर्पा घलेले शब्द रचना गरेका हुन् । सो गीतलाई चर्चित एरेञ्जर तथा संगीतकार लक्षु प्रकाश मल्लले संगीत र एरेञ्ज गरेका छन् ।

डि दुर्गा अमरको निर्देशन रहेको गीतमा रामकृष्ण कंडेलको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।उक्त गीतको भिडियोमा समिर तामाङ, लक्षु प्रकाश मल्ल, राम प्रसाद पाठक, राजकुमार रायमाझी लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु