छोटो समयमा १ करोड भ्युज पाउँदै ‘सम्झिनी पानी छम्किनी’ तीज भर्सनले राख्यो रेकर्ड

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०७८, बिहीबार
samrat-chaulagai rachana rimal

काठमाडौं । संगीत क्षेत्रमा पहिचान खोज्दै गरेका गायक सम्राट चौंलागाईंले ५ महिना ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत सार्वजनिक गरे । सम्राट चौलागाईं र रचना रिमालको स्वर रहेको उक्त गीतले दर्शक श्रोताको मन जित्न सफल भयो । त्यहि सफलताबाट हौसिदै उनले केहि गीत सार्वजनिक गरे । यहि क्रममा ५ महिना अघि हिट भएको गीत ‘सम्झिनी पानी छम्किनी’ लाई नयाँ भर्सनमा ल्याए । गीत नयाँ भर्सनमा मात्रै आएन नयाँ रेकर्ड पनि राख्न सफल भएको छ । छोटो समयमै दर्शकको मन जित्दै १३ दिनमै एक करोड बढी भ्युज प्राप्त गरेको छ ।

गायिका अस्मिता अधिकारी र गायक उर्गेन दोङको आवाज, पल शाह र मलिका महतको अभिनय रहेको गीत ‘टाढा भए पनि’ १५ दिनमा १ करोड भ्युज प्राप्त गरेको रेकर्डलाई यो गीतले ब्रेक गरेको छ । यसो त गीतको भिडियोले युटुबमा ३ दिनमै सर्वाधिक हेरिने गीतको रेकर्ड त राखिसकेको छ । गीतले ३ दिनमा ५० लाख बढी भ्युज प्राप्त गर्न सफल भयो । यसअघि ‘टाढा भएपनि’ बोलको गीतलाई पनि ३ दिनमा यति आक्रामक भ्यूज मिलेको थिएन । यो गीत लोकप्रिय हुँदै गएपछि ६ दिनमा ५० लाख र १५ दिनमा १ करोड भ्यूज प्राप्त भएको थियो ।

नेपालमा सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउन सफल ‘सम्झिनी पानी छम्किनी’ गीत अहिले टिकटकमा पनि निकै भाइरल भइरहेको छ ।

सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ । नायक भूवन केसीले करिब एक दशकपछि म्यूजिक भिडियोमा कमब्याक गरेका छन् । यो गीतको भिडियोमा भूवनका साथमा दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ, गीता ढुंगाना, सम्राट चौलागाँई लगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु