समृद्धि फाइनान्सको बुटवल शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार

काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो । फाल्गुण १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यस अघिनै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु