चर्चित क्रिकेटर सन्दिप लामिछानेको नयाँ गीत ‘समर्पित’ सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार

काठमाडौं । छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन् । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु समेत कमाएका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो नयाँ गीत ‘समर्पित’ युट्युबमार्फत सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक भएको गीत ‘समर्पित’ एल्बमबाट दिइएको हो।

गीतमा साहिल जमिर अलीको शब्द रहेको छ। संगीत र एरेन्ज कमल रानाको छ भने गीतलाई सहिल र सन्दीपले कम्पोज गरेका हुन्।

सन्दीपले यस गीतका लागि लामो समयदेखि काम गरिरहेका थिए । उनले अस्ट्रेलियाको विगबास लिग २०१९ २० देखि यो गीतमा काम थालेको हुन्।

उनले लेखेका छन्, ‘आशा छ तपाईंहरूले यस गीतलाई मन पराइदिनुहुनेछ । लकडाउनको समयमा घरमै सुरक्षित बस्नु होला । एक अर्काप्रति प्रेमसाथ रहौैं। सबैमा माया।’

यसअघि सन्दीपको भेटुँ कसरी, मेमोरी, बगी जाने खोला, यो झरीमा, उदासलगायत गीत सार्वजनिक भइसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु