सन्दिप र सहिमाको ‘तिम्रै हुनु छ’

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७६, आईतवार

काठमाडौं । चर्चित गायिका सहिमा श्रेष्ठ तथा लालुमैका चर्चित गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गीत ‘तिम्रै हुनु छ’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को उत्कृष्ट गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गीत संगीतको पारखीहरुको रोजाइँमा पर्न सफल सुमधुर आवाजकी धनी चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गीत सांगीतिक बजारमा लिएर आएका छन् ।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशक शान थापाले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा अर्जुन गौतम र एलिसा राईलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस्ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु