अष्ट्रेलियाबाट ‘बादल’ लिएर आए संजीव, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । बिगत १० वर्ष देखि अस्ट्रेलियामा बसोबास गरिरहेका गायक संजीव खरेलले ‘बादल’ बोलको आफ्नो दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन। स्लो रोमान्टिक भर्सनको यस गीतमा स्वयम गायक खरेलको स्वर , शब्द र संगीत रहेको छ ।
गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन ।

रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन। श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो। भिडियो संजीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु