सञ्जीव र टिकाले ‘कर्के नजर’ बाट बाँडे करोडको खुशी

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७६, आईतवार

अष्ट्रेलिया । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईंले करोडको खुशी सेलिब्रेसन गरेका छन् । गायकद्वय पराजुली र प्रसाईंले गाएको गीत ‘कर्के नजर’ युट्युवमा १ करोड बढी दर्शक पाएको उपलक्ष्यमा केक काट्दै अष्ट्रेलियाको सिड्नीमा केक काट्दै खुसी साटिएको हो ।
गीतलाई यो समाचार तयार पार्दाको समयसम्ममा (आइतबार) युट्युबमा १ करोड १८ लाख बढीले हेरिसकेका छन् ।

सञ्जीव पराजुली लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । गायिका टीका प्रसाई सांगीतिक कार्यक्रमका लागि सिड्नी आइपुगेकी हुन् । दुवै सर्जकको भेट र अत्यधिक भ्युअर्स पाएकामा खुसी साटिएको हो । ‘सिड्नीमा संयोगवश भेट हुनु र गीतले १ करोड बढी भ्युअर्स पाएको सन्दर्भ मिलेकाले हामीले यो खुसी साटेका हौं,’ बाबा एजुकेसनका रवीन्द्रकुमार शर्माले भने ।

कर्के नजर

कर्के नजर

गीतकार आनन्द अधिकारीको शब्द रहेको यो गीतमा संगीत तथा एरेञ्ज आशिष अविरलको रहेको छ । यति छोटो समयमा ‘कर्के नजर’ गीतले पाएको ख्यातीबाट हामीलाई धेरै खुसी र हौसला मिलेको छ – गायकद्वयले खुसी ब्यक्त गरे । गायक पराजुलीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियोमा ‘भाइव एंड वेभ डान्स ग्रुपका राहुल शाहले निर्देशन गरेका हुन् । भिडियोमा अलिशा शर्मा, राहुल शाह र भाइव एंड वेभ डान्स समूहको गीतमा भाइब एण्ड वेब ग्रुपको प्रस्तुति रहेको छ ।

यो गीत गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम सँगसँगै मा समावेश गरिएको छ । सञ्जिब र टीकाको यो जोडीले यस अघि नाइँ मलाई थाहा छैन, तिमी मलाई मन पर्छ, पहिलो भेटैमा, अलि अलि गर्दैलगायतका गीत गाएर श्रोता दर्शकको मन जित्न सफल भएका छन् । यो जोडीले गाएको नाई मलाई थाहा छैन बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

सन्जिब र टीकाको ‘कर्के नजर’ मा राहुल र अलिशा (हेर्नुहोस् भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु