‘मलाई छोडी जाने माया’ बाट प्रशंसा कमाउँदै सञ्जिव

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७७, बुधबार

काठमाडौं । सन्जिव कुमार पौडेलको स्वरमा मर्मश्पर्शी गीत ‘मलाई छोडी जाने माया’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जीवकै सङ्गीत र देवेन्द्र नेवाको एरेञ्ज तथा प्रकाश मिश्राको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत सार्वजनिक भएसँगै युट्युवमा अडियो भिडियो दुबै उत्कृष्ट भन्दै राम्रो प्रतिक्रिया आइरहेको छ । सन्जिको गायकी र संगीतको पनि प्रंशसा भएको छ ।


बिक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा कमल सिंह, रुबिना कार्की र बादल घिमिरे फिचरिङ छन् । प्रकाश खड्काले खिचेको भिडियोमा मिलन बिश्वकर्माको सम्पादन छ । गीत सञ्जीवको यूट्युब च्यानेलमार्फत सार्वजनीक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु