• बाल्यकालको सम्झना गर्दै गायक सञ्जीव पराजुली

    म्यूजिक खवर
    प्रकाशित: १० फाल्गुन २०७६, शनिबार
    Sanjib Parajuli

    काठमाडौं । नाई मलाई थाहा छैन्, किन कर्के, हातमा घडी लगायत हिट गीतका गायक संजिव पराजुलीको स्वरमा नयाँ गीत ‘बाल्यकालको सम्झना’ सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक गरिएको गीतलाई ‘बालापनको उमेर २ – बाल्यकालको सम्झना’ नाम दिइएको छ। पहिल्यै हिट भइसकेको ‘बालापनको उमेर’को दोस्रो भागको रुपमा तयार गरिएको यस गीतमा शब्द तथा संगीत वसन्त सापकोटाले दिएका छन्।

    गीतको छायांकन ललितपुरको छम्पी देवी उच्च माध्यमिक विद्यालयमा गरिएको हो। गीत खिचिएकै स्थानमा पुगेर भिडियो सार्वजनिक गरिएको छ। गायक पराजुलीले भने, ‘जुन स्कुलमा हामीले खिचेका थियौँ, त्यहीँका विद्यार्थी भाई(बहिनीहरुसँग बसेर गीत सार्वजनिक गर्ने मन भएर सोही स्कुलमा पुगेका थियौँ।’

    त्यहाँ पुगेर विद्यार्थीहरुलाई भिडियो देखाउदा उनीहरुले भिडियोलाई निकै राम्रो भएको प्रतिकृया दिएका थिए। आफ्नो विद्यालयलाई भिडियोमा देख्न पाउँदा उनीहरु खुसी थिए। भिडियो निर्माण टिमले सुटिङ गरिएको स्कुलमा केही आर्थिक सहयोग पनि गरेको गायक पराजुलीले बताए।

    गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा सन्जिव पराजुली, सिम्रन कार्की, विप्रभ सापकोटा, सालिन पराजुली र सन्रिका भट्टराईको अभिनय रहेको छ। प्रभा आचार्य साहायक निर्देशक रहेको भिडियोलाई फराज अर्पनले छायांकन तथा सम्पादन गरेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु