• साढे दुई करोडको मायामा रमाउँदै सञ्जीव पराजुली, घरै बसीबसी लकडाउन क्रियटिभ अवार्ड जित्नुहोस्

    म्यूजिक खबर
    प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार

    काठमाडौं । गायक सञ्जीव पराजुली भन्ने वित्तिकै सबैले सम्झिने गीत हो ‘नाइँ मलाई था छैन वा कर्के नजर वा तिमी मलाई मन पर्छ । यी मात्र होइनन् धेरै गीतले गायक सञ्जीव पराजुलीलाई सम्झाइरहन्छ । उनका गीतहरु एकपछि अर्को चर्चाको शिखरमा आउने गर्छन् । तर पछिल्लो समय लकडाउनका कारण बजारमा गीतसंगीत कमै निस्कने गरेको भए पनि गायक पराजुलीले भने नयाँ गीत सार्वजनिक गरेका थिए ‘छैन मलाई पीर’ ।
    गीत सार्वजनिक गरेको एक महिना पनि पुगेको छैन । तर गीतले साढे दुई करोड भन्दा बढीको माया पाइसकेको छ । लकडाउनमा पनि छैन मलाई पीर सार्वजनिक गरेका उनको गीतलाई पनि पिर नमानी माया गरिदिएका छन् सामाजिक सञ्जालका दर्शक एवं उनका स्वरका प्रिय स्रोताहरुले । उनको स्वरमा रमाउने र झुम्नेहरु धेरै छन् । उनको गीतमा केही फरकपन पनि भेट्ने गरेका हुन्छन् । यो गीतमा पनि सुदूरपश्चिमको लवजलाई गायक पराजुलीले टपक्क टिप्नेखालको बनाएका छन् ।

    गीतको शब्द र संगीत पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको रहेको छ । भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सन्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन । गीतमा मोहित मुनालको एरेन्ज छ ।

    ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ । यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    यसै गीतको माध्यमबाट लकडाउनमा घरै बसीबसी ‘लकडाउन क्रिएटिभ अवार्डस’मा सहभागी हुन सकिनेछ । यस अवार्डमा भाग लिएर नगद पुरस्कार जित्न सकिने कुरा गायक पराजुलीले बताएका छन् । यसका लागि न कतै अडिसन दिनु पर्ने, न कतै शुल्क तिर्नु पर्ने, जहाँ हुनुहुन्छ त्यहीबाट प्रतियोगितामा भाग लिई आफ्नो प्रतिभा विश्वलाई देखाउन सकिनेछ । प्रतियोगीतामा भाग लिन सन्जिब पराजुलीको गीत ‘छैन मलाई पीर’ मा नाचेको वा सो गीतमा अभिनय गरेको अथवा नाचेको र अभिनय दुवै गरेको (रमाएको) कम्तिमा एक मिनेट तीस सेकेन्डको भिडियो बनाएर www.sanjibparajuli com/awards मा पठाउन सकिनेछ र अवार्डको प्रतिस्पर्धामा सहभागी हुन पाइनेछ ।
    अवार्डका लागि नियमहरु यस प्रकार रहेका छन्

    जानकारी तथा नियमहरु:

    1. प्रतियोगितामा भिडियो पठाउने मिति २०७७, जेठ २२ गते देखि असार १९ गतेसम्मको हुनेछ । हरेक तीन दिनभित्र प्राप्त भिडियोहरु मध्येबाट कुनै एक उत्कृष्ट भिडियोले रु. दस हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यसरी अलग-अलग समयमा १० वटा उत्कृष्ट भिडियोको घोषणा हुनेछ । उकृष्ट भिडियोहरुको छनौट हुने गतेहरु र यस सम्बन्धि जानकारीहरु तल ११ नम्बरमा दिइएको छ ।

    2. छैन मलाई पीर गीत हेर्नुहोस https://youtu.be/dZxa_-NH9lo र अडियो डाउनलोड गर्नुपरेमा www.sanjibparajuli.com/awards मा गइ डाउनलोड गर्नुहोस ।

    3. ‘छैन मलाई पीर’ गीतमा एकजना, दुइजना वा समूहमा नाच्नुहोस् अथवा अभिनय गर्नुहोस् अथवा नाचेको र अभिनय गरेको (रमाएको) भिडियो बनाउनुहोस् ।

    4. भिडीयो कुनै पनि डिभाइस (मोबाइल, क्यामेरा इत्यादी) ले तेर्सो खिच्नुहोस्, ठाडो हैन ।

    5. भिडीयोको लम्बाई कम्तिमा एक मिनेट तीस सेकेन्डको सेकेण्डको हुनुपर्ने छ ।

    6. खिचेको भिडीयोलाई www.sanjibparajuli.com/awards मार्फत अपलोड गरि हामीलाई पठाउनुहोस् । अपलोड गर्दा त्यहाँ देखिएको फर्म अनिवार्य भर्नुहोस् ।

    7. भिडियो पठाउन/अपलोड गर्न अथवा कुनै जीज्ञासा वा समस्या भए फेसबुक पेजको इनबक्समा मैसेज गर्नुहोस्, अथवा creativeawards2020@gmail.com मा इमेल गर्नुहोस् ।

    8. हामीलाई प्राप्त भिडीयोलाई २४ देखि ४८ घण्टा भित्र सन्जिब पराजुलीको फेसबुक पेज www.facebook.com/sanjibparajuli र यस YouTube च्यानल https://www.youtube.com/channel/UC-inzsAF2DoDeFL9Qg4XCTw बाट सार्वजनिक गर्नेछौं । सार्वजनिक भिडियोको लिंकलाई आफ्नो सोसियल मिडियामा शेयर गर्नुहोस् ।

    9. उत्कृष्ट भिडीयोको छनौट र मुल्यांकन ख्यातीप्राप्त कलाकार तथा सम्बन्धित प्रोफेसनल व्यक्तिहरुको जजमेन्टका आधारमा हुनेछ ।

    10. तपाईंको भिडियोमा बज्ने गीत ‘सन्जिब पराजुली’को ‘छैन मलाई पिर’ हुनुपर्ने छ । भिडियो भित्र कुनै व्यक्ति, समाज र राष्ट्रलाई असर पर्ने खालको संवाद वा अभिनय हुनुहुदैन, यदी भिडियो विवादास्पद भै समस्या उत्पन्न भएमा भिडियो निर्माणकर्ता आफु स्वयम् जवाफदेहि हुनुपर्ने छ ।

    11. तल दिइएको मिति अनुसार हरेक तीन दिन भित्र हामीलाई प्राप्त हुने भिडियोहरु बीच प्रतिस्पर्धा हुनेछ र कुनै एक उत्कृष्ट भिडियोलाई नगद रु दश हजारबाट पुरस्कृत गरिनेछ । यो क्रम निरन्तर तल दिइएको जानकारी अनुसार चलिरहने छ । यसरी १० वटा सर्वोत्कृष्ट भिडियोहरु ले रु दश-दश हजारको दरले नगद पुरस्कार पाउनुहुने छ ।
    – जेठ २२, २३ र २४ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम जेठ २६ गते सार्वजनिक गरिने छ ।
    – जेठ २५, २६ र २७ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम जेठ २९ गते सार्वजनिक गरिने छ ।
    – जेठ २८, २९ र ३० गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम जेठ ३२ गते सार्वजनिक गरिने छ ।
    – जेठ ३१, ३२ र असार १ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार ३ गते सार्वजनिक गरिने छ ।
    – असार २, ३ र ४ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार ६ गते सार्वजनिक गरिने छ ।
    – असार ५, ६ र ७ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार ९ गते सार्वजनिक गरिने छ ।
    – असार ८, ९ र १० गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार १२ गते सार्वजनिक गरिने छ ।
    – असार ११, १२ र १३ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार १५ गते सार्वजनिक गरिने छ ।
    – असार १४, १५ र १६ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार १८ गते सार्वजनिक गरिने छ ।
    – असार १७, १८ र १९ गते प्राप्त भिडियोहरुमध्ये सर्वोत्कृष्ट भिडियोको परिणाम असार २१ गते सार्वजनिक गरिने छ ।
    12. प्रतियोगितामा एक पटक समावेश भैसकेको भिडियो दोहोर्याएर समावेश गरिने छैन ।
    13. यदि यस प्रतियोगिता सम्बन्धि कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु