
काठमाडौं । सन्जिब कुमार पौडेलले आफ्नै सङ्गीत तथा स्वरमा परदेशीको पीडा समेटिएको मार्मीक गीत ‘कैयौं सपना’ को भिडियो सार्वजनिक गरेका छन् । गीतमा खगेन्द्र दाहालको मार्मीक शब्द रहेको छ ।
देशमा रोजगारीको अभावको कारण कयौं सपना बोकेर विदेशिन बाध्य उर्जाशील यूवाहरुको वेदनालाई समेटिएको छ । अधिनायकमान शेरचनको छायाङ्कन तथा सम्पादनमा तयार भएको हो ।
यसको भिडियो गायक र सङ्गीतकार सन्जिब कुमारको आफ्नै युट्युब च्यानल Sanjib Kumar Paudel मा अपलोड गरिएको छ ।