सन्जिब र प्रदिपलाई किन भने टिका र अलिशाले ‘ठिक्क पर्यो’ ?

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७६, आईतवार

गायक सन्जिब पराजुलीको नयाँ गीत ‘हातमा घडी ‘ठिक्क पर्यो’ एक रमाइलो गीत भिडियो सहित सार्वजनिक भएको छ । ‘नाइँ मलाई थाहा छैन’, किन कर्के – कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’ जस्ता गीतहरुले करोडौं दर्शक श्रोताको मन जित्न पहिले नै जित्न सफल भैंसकेको उनै भर्सटायल गायक सन्जिब पराजुलीको यस नयाँ गीतले पनि दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ । यस गीतमा शब्दहरुको रमाइलो संयोजन रचनाकार रमेश दाहालको र मीठो संगीत राजनराज शिवाकोटीको रहेको छ । गीतमा गायकले माया प्रेमको कुरा गर्दैगर्दा गायिकाले ‘ठिक्क पर्यो’, ‘ठिक्क पर्यो’ भनेकी छन् जसलाई भिडियोमा प्रदिप बास्तोला र अलिशा शर्माको जोडदार अभिनयमा प्रस्तुत गरिएको छ साथै गीतमा गायक-गायिकाको पनि अभिनय देख्न सकिन्छ ।

शान थापाको निर्देशनमा तयार यस रोमान्चक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने सम्पादन र कलरिंग सुप्रिम पराजुलीको रहेको छ ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु