स्वर्गीय सन्तोष बानियाँको कारुणिक गीत “चोट” सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७५, सोमबार

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा नौलो सांगीतिक कोसेली’ माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” बजारमा आएको छ । यस गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोक प्रिय सर्जक साहस भट्टको लय रहेको छ ।

त्यसै गरी “चोट” बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जिबन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् । सर्जक सन्तोषको केहि महिना अगाडी मलेसियामा रहंदा निधन भैसकेको छ । तसर्थ उनको सृजनाले सजिएको यो गीत नै सायद अन्तिम सिर्जना हुन सक्दछ ।

स्वर्गीय सन्तोषले बिभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । कुलेंद्र बिस्वकर्मा र सिमा चन्द द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोमा आश लाग्दा नव मोडल बिस्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् । साथमा सारिका के.सी को पनि निकै मन छुने अभिनय यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् ।


नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा नौलो सांगीतिक कोसेली’ माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” बजारमा आएको छ । यस गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोक प्रिय सर्जक साहस भट्टको लय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु