![](https://musickhabar.com/wp-content/uploads/suresh-adhikari-2-300x150.jpg)
काठमाडौं । गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक सन्तोष दवाडीले यतिखेर डान्सिङ बिटको गीत ‘लाइदेऊ नजर यता’ सार्वजनिक गरेका छन् । गायक दवाडलाई गायिका सिर्जना श्रेष्ठले स्वरमा साथ दिएकी छन् । डा.बाबुराम दवाडीको शब्द एवं गायक सन्तोष दवाडीकै संगीत रहेको यस गीतको संगीत संयोजन भने कृष्ण बि.क.को रहेको छ ।
पानस डिजिटल यूट्यूब च्यानलबाट सार्वजनिक भएको ‘लाइदेऊ नजर यता’ को भिडियोको निर्देशन निशान बानियाँले गरेका छन् । भिडियोमा निहारिका थापा, कैलाश कठायत र बाबुराम दवाडीको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका छन् ।
गायक सन्तोष दवाडी विगत डेढ दशकभन्दा लामो समयदेखि गीतसंगीतमा क्रियाशील छन् । उनका चौका परेपछि, सिठ्ठि फुकेर, नझुल्किँदै घाम, कसम सानु, मुटुका घाउ, मनका कुरा, जवानीले मन पागल, सम्झेर म रुनी, पापी मायाले लगायतका दर्जनौं गीतहरु बजारमा छन् । प्राय आफैं शब्द, संगीत सिर्जनामा रमाउने सन्तोष दवाडी राम्रो लाइभ दोहोरी गायकका रुपमा पनि परिचित छन् ।