किन भए गायक सन्तोष लामा तनावमा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७६, शुक्रबार
Santosh Lama

काठमाडौं । नेपाली तारा २ बिजेता गायक सन्तोष लामा यतिबेला तनाबमा छन। उनी भन्दै छन् फेरी फेरी अब रुनु छैन। हो यस्तै भन्दै गरेको सन्तोष लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सन्तोष लामाको श्वर र संगीतमा सन्तोषकै अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा सन्तोषले आफ्नी प्रियसीलाई एक धनाढ्यसंग विवाह गर्न लगाएर फसाएको देख्न सकिन्छ। म्युजिक भिडियोमा सन्तोष संगै रेखा लिम्बु र गौरव मोक्तानको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

सन्तोषको यस गीतको म्युजिक भिडियोलाई नबिनबाबु गुरुङले निर्देशन तथा छायाँकन गरेका हुन्। म्युजिक भिडियोलाई सन्तोषको आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। युट्युबमा सार्वजनिक भएको दुइ दिनमै हजारौंले रुचाई सकेको म्युजिक भिडियोमा नेपाली समाजमा व्यप्त हुँदै गईरहेको एउटा कुरितिको पाटोलाइ समेटिएको देख्न सकिन्छ।

यसरी कसैलाई पिडित बनाइनु हुदैन प्रेम निश्वार्थ हुनुपर्ने सन्देश दिन छोटो चलचित्र जस्तो कथाबस्तुमा म्युजिक भिडियो निर्माण गरेको निर्देशक नबिनबाबुले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु