• गायक सन्तोष लामाको ‘डर छैन’ मा विपिनको जीवन्त अभिनय

    म्यूजिक खबर
    प्रकाशित: २४ श्रावण २०७७, शनिबार

    काठमाडौं । गायक सन्तोष लामाको नयाँ म्युजिक भिडिओ ‘डर छैन’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडिओमा अभिनेता विपीन कार्कीको अभिनय छ। निकेश खड्काको निर्देशनमा तयार यो गीतमा विपीन भरिया पात्रको भूमिकामा देखिएका छन्।

    ‘केही पनि छैन मसँग, त्यसैले गुमाउने डर छैन’ बोलको शब्दले बिहान बेलुका खानको लागि दिनभर काम खोज्दै हिँड्ने ज्यामी कामदारको कथा समेटेको छ। हरि लम्सालको संगीत रहेको यस गीतलाई नारायण गौतमले लेखेका हुन्।

    गीतको भिडियोमा विपीनले आफ्ना अन्य फिल्म र भिडिओमा जस्तै जीवन्त अभिनय गरेका छन्। गीत युट्युब च्यानाल ‘टुवेल्भ नोट’ बाट सार्वजनिक गरिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु