
हर्ख सिं गुरुङको शब्द, तथा स्वरमा रहेको ‘बिष पिएर’बोलको गीत सार्वजनिक भएको छ । गीतमा हर्खकै सङ्गीत रहेको र सागर बिरहीको सङ्गीत संयोजन रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा सारिका केसी, सजन थामी र बिमल अधिकारीको अभिनय रहेको छ । राजेश धिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।