चर्चामा सारीका र योगेशको ‘हेलो’

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७६, बिहीबार

काठमाडौँ । सारीका घिमिरे र योगेश काजीको आवाजमा सार्वजनिक ‘हेलो’ बोलको गीतले छोटो समयमै दर्शकको माया बटुल्न सफल भएको छ । गीतले छोटो समयमा नै निकै दर्शक कमाउँदै ट्रेण्डिङमा पनि रहन सफल भएको छ । केहि समयअघि ट्रेण्डिङको आठौं स्थानसम्म पुग्न सफल भएको गीत यो समाचार तयार पार्दाको समयमा पनि १६ औं स्थानमा पर्न सफल भएको छ । यतिबेला गीतले १५ दर्शकको नजिक पुगेको छ ।
एकनारायण भण्डारीको शब्द रहेको गीतलाई आशिष अबिरलले कम्पोज र एरेन्ज गरेका हुन् । गीतको भिडियोमा कार्टुञ्ज क्रु का सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले गरेका हुन् । कमेडी र प्रेम भाव मिसिएको गीत निकै रमाईलो बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु