• सरिता भारतीको स्वर र अभिनयमा चिया पकाउ

    म्यूजिक खबर
    प्रकाशित: २४ माघ २०७८, सोमबार

    काठमाडौं । गायिका सरिता भारती पछिल्लो समय गायनमा निकै सक्रिय छिन् । उनको एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजामार आईरहेका छन् । हालै मात्र आलिफ खानसँग काठो लोक गीत असारै मास साईली गीत बजारमा ल्याएकी सरिताले यतीबेला गायक सुवर्ण कुमारसँग युगल स्वरमा नयाँ लोक लयको गीत चिया पकाउ।।।दर्शकमाझ ल्याएकी छिन् । यो गीतको संगीत र शब्द पनि गायक सुवर्णकै हो । यो गीतमा संगीत संयोजन पनि सुवर्ण आफैंले गरेका हुन् ।
    ‘चिया पकाउ त साईली मिठो पारेर
    माली गाईको बाक्लो दुध हालेर।।।’
    यो नयाँ गीतको भिडियोमा गायिका सरिता आफैं मुख्य भूमिकामा छिन् । आफ्ना अधिकाँस गीतको भिडियोमा प्राय सरिता आफैं मोडल हुने गर्छिन ।
    यो गीतको भिडियोमा गायिका सरिता र अभिनेता प्रवण भुसालबीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ । अभिनेता प्रवण गायिका एवम् मोडल सरिताले यस अघि पनि सर्ट फिल्म द डटर र थाहै नपाई।।।गीतको भिडियोमा सँगै अभिनय गरिसकेका छन् । यो भिडियोमा सरिता र प्रवणसुँगै यो गीतमा विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मागराती, सुस्मिता कार्कीको अभिनय रहेको छ ।
    चिया पकाउको म्युजिक भिडियोलाई सुवास बुढाथोकीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । जसमा एस कुमारको छायाँकन तथा सम्पादन र बीरेन्द्र भाट विपिनको रँग सँयोजन रहेको छ । भिडियोलाई बुढासुब्बा डिजिटलबाट बुधबार रिलिज गरिएको हो । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको गायिका सरिताले बताईन् ।
    यस अघि गायिका सरिता भारतीले गायक सुवर्णसँग एउटा गजल गाएकी थिईन् । गीत निकै मिठो बनेको र सोही अनुसारको भिडियो आफुहरुले बनाएको पनि गायिका सरिताले बताएकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु