सरिता र खिमराजले ल्याए ‘मुसुमुसु हाँसेर’

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

काठमाडौं । गायिका सरिता कार्की र गायक खिमराज भण्डारीको स्वरमा ‘मुसुमुसु हाँसेर’ बोलको गीत सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द र संगीत रहेको उक्त गीतमा कृष्ण बिक ‘भाञ्जा’ले एरेन्ज गरेका हुन् । मिक्सिङ र मास्टरिङ एचबिएन किस्मतले गरेका हुन् ।

गीतको भिडियोमा मोडल महेन्द्र गौतम र रियासा दाहालको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । दिपक विष्टले भिडियो सम्पादन गरेका हुन् । गीतको कोरस भोकलमा जमुना सनम , नेत्र अर्याल , बिक्रम क्षेत्री र कालिका रोका ले आवाज भरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु