• सञ्चारकर्मी गायिका सरिता भारतीको तीज गीत ‘रातो सारी लरक्कै…’

    म्यूजिक खबर
    प्रकाशित: २४ श्रावण २०७७, शनिबार

    काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड तीज नजिकिँदै गर्दा बजार नै तिजगीतमय बनेको छ । कोरोनाको त्रासदीसँगै तीज गीतको रौनकले बजार तात्न थालेको छ । यसै क्रममा बजारमा विभिन्न तीज भाकाहरु आईरहेको छन् ।
    नजिकिँदै आइरहेको तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा तीज गीत ‘रातो सारी लरक्कै… सार्वजनिक गरेकी छन् । उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल व्युटी न्युज नेपालबाट मँगलरबार रिलिज गरेकी हुन् ।

    रेकर्डिङको हिसाबले सरिताको यो छैटौं गीत हो । यस अघि चार ओटा गीत उनले बजारमा ल्याईसकेकी छिन भने अरु दुई वटा गीतको भिडियो अर्को महिना रिलिज हुनेछन् । आफ्नो गीत तीजमा पर्वमा विभिन्न पहिरन र आभुषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रसँसा गर्ने प्रसँगमा आधारित रहेको गायिका सरिता भारतीले बताईन् ।
    यो तीज गीत अग्रज पत्रकार शान्तिप्रियद्धारा लेखिएको हो । शान्तिप्रियको यसै महिना भित्र अझै तीन ओटा तीजगीत रिलिज हुने भएको छ । सँगीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सन्तोष श्रेष्ठको संगीत यो तीज गीतमा छ ।
    बिलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्धय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामुलक मुख्य भूमिका रहेको छ ।
    यो गीतको भिडियोलाई अग्रज छायाँकार तथा निर्देशक राजु केसीले छायाँकन गरेका हुन् । भिडियोमा राहुल श्रेष्ठ छबी थापामगरको कोरियोग्राफी, बीरेन्द्र भाट ‘बिपिन’को छायाँकन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल र लक्ष्मी महर्जनको सृँगार छ । भिडियोलाई डब्बु क्षत्रीले तयार गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु