काठमाडौं । नेपाली सांगीतिक जगतमा स्थापित हुनका लागि संघर्ष गरिरहेका नव गायक हुन् सारमन श्री ल्वागुन । कर्णप्रिय स्वरका धनी सारमनको यतिबेला प्रेम समर्पणले युक्त ‘नआइज निदरी’ बोलको गीत सार्वजनिक भएको छ ।
पुस्तक प्रसादको शब्द रचना तथा संगीत रहेको गीतलाई एसके बाच्छाले एरेन्ज गरेका हुन् ।
न आइज निदरी निद्रा मा उस्कै आउँछ सपनी
देखेर उस्कै अनुहार सपनी मै रून थाल्छु म पनि
चैतलाई हुरी बतास बर्खा लाई खहरे
बाच्न नी छैन मन को रोइ देला मै मरे
न बसीदे दैलो माथि गुण अन्तै सारिदेन गौथली
देखेर तेरो घरबार मन मेरो थामी दैन केही गरि
पाखामा सुकेको खर डडेलो लागे झै भरखर
डढेर खरानी भो मेरो मायाको घर
न फुलीदे आँगनमा फूल फुलमा नी उस्लई देख्छु झलझली
देखेर उस्कै अनुहार आँसु बगी दिन्छ भलभली
जस्ता मार्मिक शब्द शिल्पमा प्रेणय भाव छचल्किएको यस गीतमा संगीत र स्वरको उच्चतम समायोजन महशुष गर्न सकिन्छ । भने प्रेम प्रणयको रस्वादन गर्दै वास्तविक प्रेमको गहिराई बुझ्न सकिन्छ ।
सांगीतिक क्षेत्रमा भर्खरै पाइला टेक्दै गर्दा नै गीतमा यति माधुर्यता सुनाउन सक्नु सारमनको भावी दिन सुनौला छन् भन्ने अड्कल गर्न सकिन्छ ।
गीतको भिडियोमा सम्झना सोनी, मिठु मार्केन र स्वयं सारमन श्रीले अभिनय गरेका छन् ।
प्रिन्स डेनिलले निर्देशन गरेको भिडियोलाई रबिन्द्र बरालले छायांकन गरेका हुन् । दिनसन शाहले सम्पादन गरेको भिडियोलाई सारमन श्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।