घाँस दाउरा गर्दै हुँर्केकी केटी हु भन्दै एकाएक लाइभ अन्तरबार्तामै रुन थालिन सर्मिला (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७६, शुक्रबार

नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायिकाको नाम हो शर्मिला श्रेष्ठ । उनको जन्म रामेछापको भीरपानी मामा घरमा भएको हो । रामेछापमा जन्म भए पनि लालनपालन भने आफ्नै घर काभ्रेको संखुमा भयो। उनले त्यहीको शंखु माविबाट एसएलसीको पढाइ पुरा गरिन्। सानैदेखि संघर्षशील जीवन गुजारा गर्दै आएकी शर्मिलाले स्नातकसम्मको अध्ययन इन्द्रेश्वर क्याम्पस पनौतीबाट सिध्याएकी हुन् । गायिका शर्मिला श्रेष्ठ संग स्कटनेपालले गरेको एक बिशेष अन्तरबार्तामा उनले भनेकी छन ”म गाउमा घास दाउरा, गाई बाख्रा हेर्दै हुर्केकी चेली हु” गित संगीतको चाहना उनलाई सानै उमेर देखी रेडियोमा बजेका गित हरु सुनेर गाउने रहर जाग्यो । पछिल्लो समयमा उनी निकैनै लोक दोहरी क्षेत्रमा चर्चामा आइसकेकी छन् इन्द्रेणी लगायत स्कटनेपाल दोहरी निलमनी भण्डारी संगको जम्काभेट धेरै स्टेजहरुमा उनको मिठो गायन लगायत कलाकारिताको प्रतिभा देख्न सकिन्छ । सर्मिलाको बारेमा यहा धेरै कुराहरु उल्लेख गरी रहनु भन्दा पनी तलको भिडियो अन्तरबार्तामा उनको गायन मात्रै नभई उनको मार्मिक भाबुक बनाउने अभियन हरु पनि हेर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु