• जन्मभूमिको भूमिको वर्णन गर्दै गायक सरोज कोइराला

    म्यूजिक खबर
    प्रकाशित: १३ आश्विन २०७६, सोमबार ११:२१

    माई खोलाको चिसो पानी खाएर हुर्केको
    कन्काई नगर सुरुङ्गामा जन्मेको म ठिटो
    त्यहि खोलाको पानी जस्तै, दिउँला माया मिठो

    माथिका हरफहरु गायक तथा संगीतकार सरोज कोइरालाको नयाँ गीतका हरफ हुन् । सरोजले ‘माई खोलाको चिसो पानी’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा शब्द संगीत तथा स्वर स्वयं कोइरालाको नै रहेको छ ।

    गायक कोइरालाले आफू जन्मेको माटोको सुगन्धलाई गीतमा उतारेका छन् । जन्मिएको ठाउँको वर्णन गर्दै उनले कन्काइ खोलाको पानीसँगको मितेरीलाई गीतबाट प्रस्तुत गरेका छन् । जन्मिएको कन्काइनगर सुरुङ्गाको वरिपरिका रमणीय क्षेत्र अनि आफूले पिउँदै आएको माइखोलाको पानीसँगको सामिप्यतालाई गीतबाट प्रस्तुत गरेका छन् ।

    गोपाल कोइरालाले दृष्ययांकन तथा गरेको लिरिकल भिडियोलाई लोकेश भाटले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन पनि सरोजले नै गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु