• प्रेममा समर्पित गीत ‘आयौ तिमी’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

    काठमाडौं । गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा ‘आयौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रतिमाका शब्द रचनामा थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।

    सार्वजनिक यस गीतमा भने चर्चित गायक तथा संगीतकार चिरन्जीवी भण्डारी र गायिका सरु गौतमले स्वर भरेका छन् । संगीत पनि गायक स्वयम् चिरन्जीवी भण्डारीकै रहेको छ । गीतलाई पुस्कर सुनुवार र संजीव बराईलीले एरेन्ज गरेका हुन् ।

    गीतको भिडियोमा अहिलेका चर्चित मोडल कलाकार दिनेश कठायत (काजी) र अनिता एन पी चौधरीको अभिनय रहेको रहेको छ । मोडल दिनेश पछिल्ला दिनहरुमा नेपालका चर्चित गायक गायिकाको म्यूजिक भिडियो मोडलिङमा व्यस्त भइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु