सरु र सुनिलको ‘डिजिटल फोटो’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार

काठमाडौं । गायक सुनिल कटुवाल र गायिका सरु गौतम स्वर रहेको गीत ‘डिजिटल फोटो’ सार्वजनिक भएको छ । कुमार कटुवालको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका हुन् । इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

सार्वजनिक गीतमा लोकप्रिय कलाकारहर हरिश निरौला, सागर लम्साल ‘बले’, गीता ढुंगाना र प्रतिमा कँडेलको अभिनय रहेको छ । उत्सव दाहालले खिचेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । देबेन्द्र पाण्डेले निर्देशन तथा नृत्य निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु