• सत्यराज आचार्यको “नलाएको माया” सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ६ आश्विन २०७६, सोमबार

    काठमाडौं । लोकप्रिय गायक सत्यराज आचार्यको “नलाएको माया” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नलाएको मायाले रुवाएको कुरा गरिएको उक्त गीतमा भोलि के हुने होला भन्ने कुराको जानकारी गरिएको छ । उक्त गतिमा सुविद गुरागाईंको शब्द रहेको छ भने सोही गीतमा दिपक शर्माको संगीत रहेको छ । किरण तुलाधरको एरेंज रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन भने उक्त गीतको भिडियोमा गायक सत्यराज आचार्य, लक्ष्मी वर्देवा र जोर्डन राजभण्डारीको अभिनय रहेको छ ।

    आफुले मन पराएको मान्छेले अरु कसैले रोज्दाको पिडा प्रस्तुत गरिएको भिडियोमा एक युवकको पिडा भएको देख्न सकिन्छ ।
    उक्त गीतको भिडियो बुद्ध थापाले छायााकन गरेका हुन् भने सोही गीतको भिडियोलाई बिकास धमलाले संपादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु