लोकप्रिय गायकद्वय सत्य, स्वरुपले गरे ‘लब भवन’ उद्घाटन

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार

ललितपुर । चर्चित तथा लोकप्रिय गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले ललितपुरको कुमारीपाटीमा बनेको ‘लब भवन’ उद्घाटन गरेका छन् । नव वर्षको अवसर पारेर वैशाख १ गते कुमारीपाटी स्थित ‘लव भवन’ को गायकद्वय सत्यराज र स्वरुपराज आचार्य साथै भवनकी प्रोप्राइटर लक्ष्मी श्रेष्ठले रिवन काटेर एक समारोह बिच उद्घाटन गरेका हुन् ।

कुमारीपाटीमै अलि भिन्न शैलीमा बनाइएको भवनका बिभिन्न तल्लाहरुमा बिभिन्न शोरुमहरु, रेष्टुरेन्ट,बैंक, गेम जोनहरु रहेका छन । भवनको सबैभन्दा आकर्षण चौथो र पाँचौं तल्लामा रहेको TITAN GYM हो । अत्याधुनिक ब्रान्डका सामानहरु सहित साउना, स्टिम वाथ, कार्डियो हेल्थ फिट्नेसका सबै सुविधाहरु यस जिममा रहेका छन् ।

परिवारसहित पुगेका गायकद्वय दाजुभाइ सत्य–स्वरुपले भवनको उद्घाटन पछि आफुहरुपनि TITAN GYM बाट प्रभावित भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु