सौगातको ‘मन्दिर धाए’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७६, आईतवार

काठमाडौं । मन्दिर, मस्जिद, गुम्बा जहाँ जहाँ धाए पनि मानिसभित्र भगवान हुन्छ भन्ने सन्देशमुलक गीत ‘मन्दिर धाए’ सार्वजनिक भएको छ । सौगात लामाको स्वर, मित्र केसीको शब्द, सङ्गीत र मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित, राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ ।

लेलेका विभिन्न रमणिय दृश्य कैद गरिएको गीतको भिडियो व्हाइट पिगन मिडियाका लागि राजकुमारले निर्नाण गरेका हुन् । ‘हामीले यसपाली अलिक फरक खालको गीत स्रोता, दर्शकमाझ ल्याएका छौ, आशा छ सबैले मनपराई दिनुहुनेछ, राजकुमारले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु