सयपत्री नेपाली सांस्कृतिक समूहको नेपाल शाखा गठन

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७३, शनिबार

नेपाली गीतसंगीतको विकास र विस्तारका लागि यूकेमा गठन भएको सयपत्री नेपाली सांस्कृतिक समूहको असार ३१ गते नेपालमा भएको एक भेलाले गायक गणेश गुरुङको अध्यक्षतामा शाखा विस्तार गरेको छ । नेपाली गीतसंगीतको क्षेत्रमा बृहत्तर रुपले लाग्नका लागि मौलिक कला संस्कृतिलाई विदेशमा प्रस्तुत गर्न यो समूहको आवश्यकता भएको महसुस गर्दै नेपाल शाखाको अवधारणा अघि ल्याइएको हो । सयपत्री नेपाली सांस्कृतिक समूहको केन्द्रीय कार्यालय युकेमा रहेको छ भने अहिले यसको शाखा विस्तारको क्रम जारी रहेको छ ।
सयपत्री नेपाली सांस्कृतिक समूह नेपाल शाखाको अध्यक्षमा गायक गणेश गुरुङ रहेका छन् भने उपाध्यक्षमा गायक विरही कार्की र नृत्यांगना अस्तित्व अभियान रहेका छन् । त्यस्तै महासचिवमा गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी रहेका छन् भने रमेशबाबु थापा थापा रहेका छन् । त्यस्तै गायिका भिमु गुरुङ कोषाध्यक्ष, गायक रामकुमार गुरुङ सहकोषाध्यक्ष रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिल लामिछाने, एन्जिला राना, अन्जना राना मगर, मनाङ गुरुङ, बाला दूरा, अन्जु शाही रहेका छन् । १५ जनाको कार्यसमितिमा दुई जना भने मनोनित हुन बाँकी रहेका छन् ।

sayapatri uk
शाखा विस्तारपछि बोल्दै गायक गणेश गुरुङले केन्द्रीय कार्यालय युके शाखाको निर्देशन अनुसार मुलुक र मुलुकबाहिर विभिन्न सांस्कृतिक गतिविधि गर्नुका साथै कलासंस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि संस्थाका तर्फबाट आफू प्रतिबद्ध रहेको बताएका छन् । शाखा गठनको खबर पाएपछि सयपत्री नेपाली सांस्कृतिक समूह युकेका अध्यक्ष एलबी गुरुङ र महासचिव प्रभु गुरुङले संयुक्त रुपमा बधाई एवं धन्यवाद दिएका छन् । आगामी २४ जुलाईमा युकेमा सम्पन्न हुन लागेको सयपत्री साँझको पूर्वसन्ध्यामा भएको शाखा विस्तार कार्यक्रमलाई उक्त साँझलाई सकारात्मक एवं सफलताको बाटोमा लैजाने विश्वास केन्द्रले लिएको छ । त्यस्तै शाखाले पनि सयपत्री साँझ सफल बताउन आवश्यक पर्ने भूमिका निर्वाह गर्ने बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु