सांगीतिक बजारमा ‘सेक्सी नाना’

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । नेपाली रकपप संगीत क्षेत्रका स्थापित गायक विनोद ढकाल एण्ड शास्त्र नेपालले म्युजिक भिडियोसहित ‘सेक्सी नाना’ बोलको गीत ल्याएका छन् । गीतमा गायक ढकालले स्वरसँगै गीतारबाट धुन दिएका छन् ।

सोनाम पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा सुष्मा अधिकारीको अभिनय छ । भिडियोमा विकास दाहालको सम्पादन र दिनेश पराजुलीको छायांकन छ ।

उक्त ब्याण्डमा मादलमा मनोज धमला, बास गीतारमा दिपेश केसी, सारंगीमा समुन्द्रप्रसाद पन्त, रिदम गीतारमा उज्वल स्याङतान, ड्रम र ब्याण्ड मेनेजरमा भुपिन्द्र दाहाल र किबोर्डमा नवराज लामिछाने रहेका छन । गीतको एरेन्जमेन्ट पुस्कर खत्रीले गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु