• आफ्नै शब्द संगीतमा मेलिनासँग गाए शम्भुले ‘झिल्के साडी’

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७८, आईतवार

    काठमाडौं । वरिष्ठ गायक शम्भु राई र गायिका मेलिना राईले युगल स्वरमा ‘झिल्के साडी’ बोलको गीत ल्याएका छन् । लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत गायक राईकै समेटिएको छ ।

    रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको भिडियोमा भने नाजिर हुसेन र अनिता गोलेको अभिनय देख्न सकिन्छ ।

    त्रिलोक लामा र राकेशको छायाँकन रहेको भिडियोमा अभि लामाको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

    गायक शम्भु राईका यस अगाडि दर्जनौं सुपरहिट गीत आएका छन् । चिठ्ठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता गीत धेरै चर्चित छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु