सम्झनाको जन्मदिनमा विगत स्मरण गराउँदै शंकर

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । एक समय नेपाली सांगीतिक क्षेत्रमा तहल्का मचाएकी मोडल हुन् सम्झना बुढाथोकी । उनले सयौं गीतमा मोडलि गरेकी छिन् । ति मध्ये दर्जनौं हिट छन्, सदाबहार छन् । ति नै मोडल सम्झनाले हिजो जेठ १४ गते जन्मदिन मनाएकी छिन् । आज पनि सम्झनालाई सम्झने र रुचाउने उतिकै छन् । उसो त सम्झना भन्ने बितिकै याद आउने अर्को नाम हो शंकर बिसी । किनभने यी दुईले थुप्रै गीतमा सहकार्य गरेका छन् । केमेष्टी मिलेर पनि होला दुईलाई दर्शक श्रोताले रुचाए पनि । दर्शक श्रोताले रुचाएको हाम्रो जोडी अझै पनि उनीहरुलाई स्क्रीन शेयर गरेको हेर्न चाहन्छन् । उनै मोडल सम्झना बुढाथोकीको जन्मदिनमा शंकर बिसीले निकै भावुक भएर फेसवुक मार्फत वीस गरेका छन् ।
उनले सुरुवाती सहकार्य देखीका सबै पललाई झलझली सम्झिएका छन् । शंकरका अनुसार सम्झना जस्तो नाच्न जान्ने मोडल लोकदोहोरीमा बिरलै भेटिन्छन् । पछिल्लो समय कलाकारिताबाट अलिकति टाढीएकी सम्झनालाई कमब्याकका लागि तयार रहन अनुरोध गरेका छन् । उनले सम्झनालाई स्लीम बन्नका लागि उपायहरु अपनाउन पनि अनुरोध गरेका छन् ।
उनी यसरी लेख्छन्, पढौं जस्ताको तस्तै :
चर्चित नृत्याँगाना, चिर परिचित मोडल र लोकप्रिय व्यक्तित्व ‘सम्झना बुढाथोकी’ र म ‘शंकर विसी’ को भेट यौटा प्रोग्राममा भएको थियो । स्टेजमा वहाँको नृत्य देखेपछी मैले वहाँलाई ‘सुपारी चाम्रो’ भन्ने गीतमा सहकार्यको लागि अनुरोध गरेको थिएँ । प्रोड्युसर हरुलाई कन्भिन्स गर्दै बनाएको त्यो भिडीयो तत्कालिन समयको सर्वाधिक हिट भिडियो बन्यो, आज पर्यान्त हिट गीतहरुको नाम लिंदा सुपारी चाम्रो अगाडी आउछ, त्यो गीत मेरो र सम्झना बुढाथोकीको मोडल जोडीको लागि कोशेढुंगा बनेर रह्यो।
त्यसपछी, लालुपाते नुह्यो भुँइतिर, नजाउ है सानु पँधेरीमा,स्याँङ्जाली झापाली लगायत सयौँको संख्यामा हामी जोडी बनेर गीतहरुमा काम गर्यौँ।

नेपाली लोक गीतमा सम्झना जस्तो नाच्न सक्ने मोडल विरलै भेटिनुहुन्छ। अझैपनि कला क्षेत्रमै सकृय रहनुभएकी वहाँ अहिले पर्दा पछाडी हुनुहुन्छ फेरीपनि नेपाली मनोरन्जनको क्षेत्रलाई फरक तरिकाले योगदान दिउरहनुभएको छ। धेरै धेरै दर्शक श्रोताले ‘शंकर-संझना’ को जोडीलाई फेरी कहिले पर्दामा संगै देख्न पाईन्छ भनेर प्रश्न गर्नुहुन्छ। म आज परेको सम्झना ज्युको जन्मदिनको अवशर पारेर छिटै हाम्रो जोडी आगामी निकट भविष्यमै संगै पर्दामा आउने छौँ भन्न चाहन्छु ।
त्यसको लागि सम्झना ज्यु लाई अलीकती एक्सरसाइज र डाइटिङमा ध्यान दिंदै आफ्ना शुभचिन्तक हरुको माग बमोजिम आगामी भिडीयोको लागि तयार हुन आग्रह गर्दै जन्मदिनको धेरै धेरै शुभकामना ब्यक्त गर्न चाहन्छु❤️❤️
लेखेर तीन तस्बिरहरु पोष्ट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु