लोक संगीतमा अब्बल सिर्जना ‘मिर्सी खानेलाई’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७७, सोमबार

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक खेम सेञ्चुरी र गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा सजिएको ‘मिर्सी खानेलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त म्युजिक भिडियोलाई बोधि डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै युट्युव सकारात्मक कमेन्ट बटुल्न सफल भएको छ । गीतको शब्द, स्वर र लयको उच्च तारिफ भएको छ ।

गीतमा लोकप्रिय सर्जक प्रल्हाद सुवेदीले कोरेको शब्दमा प्रसाद लामिछानेले संगीत भरेका छन् भने कृष्ण के सीले एरेञ्ज गरेका हुन् । गीतका प्रत्येक शब्दलाई मन पराएर कमेन्ट गरिएको छ ।


उक्त गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । भिडियोले पनि उतिकै प्रशंसा बटुलिरहेको छ । अधिकाशंले गीतको अडियो भिडियो दुबै उत्कृष्ट भनिरहेका छन् ।
गीतमा लोमस शर्मा र जुना सुन्दास फिचर्ड छन् ।

उक्त गीतमा कुमार केसीको निर्देशन,मौसम हिमालीको कोरियोग्राफि र अधिनायक मान शेरचनको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु