शान्तिश्री परियारको आवाजमा हृदयस्पर्षी गीत “कालो दिन” सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

असोज ११, काठमाडौं । गायिका शान्तिश्री परियारको आवाजमा हृदयस्पर्षी गीत “कालो दिन” सार्वजनिक भएको छ । लोकेन्द्र खत्रीको शब्द संगीत रहेको यो गीतमा निकै कर्णप्रिय शव्दहरु समेटिएका छ्न ।

घरको आर्थिक अबस्थाले विदेशीनुको बाध्यता, अर्कोतिर साहुको ऋण, एकातिर आफ्नो प्यारो जन्मभुमि र परिवारको माया यति हुदाहुदै पनि प्रदेशनै जीवन गुमाउनुको हृदयस्पर्षि भावहरुलाई समेटिएको छ ।

गीतको म्युजिक भिडियोमा लोकेन्द्र खत्री र आरती थापाको उत्कृष्ट अभिनय देख्न पाउछौ । प्रविन रेश्मी मगरले सम्पादन गरेको यो निकै हृदय बिदारक गीतको निर्देशन पनि स्वयम् लोकेन्द्र खत्रीले गरेका हुन ।

गायक तथा संगीतकार कर्ण सन्ज्यालले रेकर्ड गरेका हुन भने रकेश वलीले एरेन्ज गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु