शान्ती ठटाललाई ‘जगदम्बा श्री’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’ लाई मदन पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७७, सोमबार

काठमाडौं । गायिका तथा संगीतकार शान्ती ठटाललाई यस वर्षको ‘जगदम्बा श्री’ पुरस्कारका लागि छनोट गरिएको छ । ६ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा समर्पित रहि गीत संगीत क्षेत्रको उन्ननयनमा बिशिष्ट योगदान पू¥याएकाले यस वर्षको (२०७६) को जगदम्बा श्री पुरस्कार शान्ती ठटाललाई दिने निर्णय गरिएको हो ।

यसैगरी यस वर्षको मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिइने भएको छ । मदन पुरस्कार गुठीले २०७६ को मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।

मदन पुरस्कारका लागि गत वर्ष प्रकाशित चर्चित पुस्तकमध्ये कुल १५१ पुस्तकमध्येबाट जम्मा सातवटा पुस्तक अन्तिम सूचीमा छनोट गरेको थियो ।

अन्तिम सूचीमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी घर्ममहारसको महारसनि महारसनिघण्टु ९१–३०, चन्द्र प्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेको थियो ।

चार लाख रुपैयाँ राशीको यो पुरस्कारका मदन पुरस्कार गुठीले साउन २१ गते श्रेष्ठ सात किताब सार्वजनिक गरेको थियो। टप टेन सूची तयार गर्न गठन भएको समितिले गुठीलाई सात पुस्तक उपलब्ध गराएको थियो।

२०१२ सालमा स्थापना भएको मदन पुरस्कारबाट पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई पुरस्कृत गरिएको थियो । जगदम्बा–श्री भने रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालबाट दिन थालिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु