• शर्मिला र डेबिटको स्वरमा ‘कस्मीरे गम्छा’ सार्वजनिक, भिडियोमा सुधिर र जुनु

    म्यूजिक खबर
    प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

    काठमाडौं ५ बैशाख । कुनै समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो सुमधुर स्वरमार्फत राज गरेकी गायिका हुन् शर्मिला बर्देवा । लामो समय देखि बिदेशी भुमिमा रहि नेपाली गीतसङ्गीतलाई चिनाउदै आएकी छिन् । यतिबेला उनले ‘कस्मीरे गम्छा’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । उक्त गीतमा गायिका शर्मिला बर्देवा र गायक डेबिट शंकरको स्वर रहेको छ ।

    गीतकार डि.पि. खनालको शब्द, युवा पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईको सङ्गीत तथा संगीत संयोजन, मनोज परियारको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीतको भिडियोमा मोडल सुधीर श्रेष्ठ र जुनु एसडीको अभिनय छ भने सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको छ श्रेष्ठलाई निर्देशनमा संजिबनी गोपालीले साथ दिएका छन् ।

    । काठमाडौको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोमा सुमन कटुवालको व्यवस्थापन, उत्सव दहालको छायाङ्कन, प्रबिनाको श्रृङ्गार, शिलन लम्सालकोे सम्पदन एवं कलरिङ र लाइक माइड्सको पोस्ट पोडक्सन रहेको भिडियोका निर्माता सरोज परियार हुन् ।

    पछिल्लो समय सार्वजनिक भएका लोक गीतको भिडियो भन्दा अलि फरक तरिकाको प्रस्तुतिका कारण ‘कस्मीरे गम्छा’ श्रोता, दर्शकहरुको रुचिको बिषय बन्ने कुरामा निर्देशक सियोन श्रेष्ठ विश्वस्त छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु