कस्तो छ गायिका शर्मिला गुरुङको भाग्य (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायिका शर्मिला गुरुङको भाग्य भिडियोमा देख्दा त अचम्मैको लाग्छ । श्रीमानले सौता भित्र्याएपछि उनीमाथि परेको पीडाभित्र तिजको रौनक हराएको देखिन्छ । गायिका शर्मिला गुरुङको ‘भाग्य’ भिडियो देखिएजस्तो नभए पनि समाजमा धेरै नारीहरुको यस्तै पीडा भोग्न बाध्य छन् ।

गायिका शर्मिला गुरुङको शब्द, लय र स्वरमा रहेको गीत ‘भाग्य’ तिजको मौलिकतासँगै समाज बोलेको छ । बीबी अनुरागीको संगीत संयोजन, श्यामश्वेत रसाइलीको ध्वनि सम्पादन रहेको यस गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रकाश भट्टको निर्देशन रहेको भाग्य गीतको भिडियोमा राजेश घिमिरेको छायाँकन रहेको छ भने विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा विनोद केसी, शर्मिला गुरुङ, औसरी गुरुङ, गायत्री थापा, गीता भट्टराई, मन्दिरा अधिकारीको अभिनय रहेको छ । भिडियोलाई शर्मिला गुरुङकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु