• गीतिलेखनमा सक्रिय रहेकी शर्मीला गायनमा पनि अब्बल

    म्यूजिक खवर
    प्रकाशित: ८ आश्विन २०७६, बुधबार

    गीतिलेखनमा सक्रिय रहेकी शर्मीला गायनमा पनि अब्बल काठमाडौं । सर्जक तथा गायिका शर्मीला तामाङ सिन्धुपाल्चोक जिल्लामा जन्मेकी हुन् । बुवा गोबिन्द बहादुर श्रेष्ठ र आमा गककुमारी श्रेष्ठको कोखबाट जन्मिएकी उनि सानै उमेरबाट गीत संगीत मन पर्ने र गीत गाउने लेख्ने गरेको बताउँछिन् । गीत संगीत एउटा दुख सुखको संगम हो गीत संगीत बिना मान्छेको जिबन अपुरो हुन्छ भन्ने बिचारकी शर्मीला तामाङ अहिले गीत लेख्ने मात्र नभएर गाउन पनि थालेकी छिन ।

    पिरतीको डोरीले बेरम बेरम भो ,पान खायो मायाले चुना हालेर, पहले भेट हुन्थ्यो दाउरा घाँस सोतरमा अहिले भेट हुन्छ फेसबुक र टुइटरमा लगाएत एक दर्जन बढी गीतहरुमा आफ्नो शब्दहरु कोरी सकेकी छिन भने उनको लेखेको गीत मध्य ‘पान खायो मायाले चुना हालेर’ छोटो समयमा धेरै चर्चा बटुल्न सफल गीत हो ।

    त्यस्तै गरि अञ्जलि अधिकारी र अनुराग ठकुरी अभिनित राजेश बर्देवा र सहिमा श्रेष्ठले गाएको ‘पहिला पहिला’ पनि लगत्तै आएको अर्को लोक पप दोहोरी मिश्रित गीत हो निकै मार्मिक श्ब्दमा आफ्ना कलम चलाउने गर्छिन उनी ।

    निकै मिठो बोली असल स्वभाव र सहयोगी भावना भएकी सर्जक तथा गायिका शर्मिला तामाङ अहिले जापान बसेर गीतिलेखनमा सक्रिय रहेकी छिन् । नेपाली मन परदेशी तन भएकी उनि आफ्नो कर्म सहित गीत संगीतलाई निकै साथ् दिएकि हुन् ।

    दोहोरी,आधुनिक र पप सबै बिधामा कलम चलाउने शर्मिलाले बाचुन्जेल गीत र कला छेत्रमा निरन्तरता दिने बताउछिन मान्छेको जिबनमा आउने हरेक उतार चढापलाइ सामाना गर्दै गीत संगीतलाइ निरन्तरता दिने उनको भनाइ छ सहकार्य गर्दै जानेछु गीत संगीत साथै समाजसेवा गर्ने उनको सोच छ र समाज सेवा सहयोग पनि गर्दै गरेको उनि बताउँछिन ।

    अहिले उनी आफैले गाएको सेलो गीत ठुली कान्छी बजारमा आएको छ
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु