प्रधानमन्त्रीले राज्यलाई टुक्रा टुक्रा पार्दा : कालापानी र लिपुलेक सहितको नक्सा जोड्दै कलाकार

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार

काठमाडौं । ‘राष्ट्रियता खतरामा परेको’ भन्ने बहस चलिरहेका बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नहुने काम गरे । आफ्नो ६९ जन्मोत्सवमा ‘केकलाई नेपालको नक्साको आकार’ दिएर काटे । उनी जन्मोत्सव मनाउनकै लागि हेलिकोप्टर चार्टर गरी जन्मघर तेह्रथुमको आठराई पुगेका थिए । प्रधानमन्त्रीले काटेको लिम्पियाधुरासहितको देशको मानचित्र अंकित उक्त केकलाई प्रधानमन्त्रीले टुक्रा टुक्रा पारेर काटे । उपस्थित सबैले ताली बजाए । खुवाए, खाए । यो गतिविधिले नेपाली जनतालाई चोट पुगेको छ । नेपाली जनता निराश बनेका छन् ।

जोशिलो रगत भएका राष्ट्रप्रेमी गायिका शितल शर्मा प्रधानमन्त्रीकै यस्तो हर्कतले देशकै अपमान भएको ठहर गर्दै आफु निकै भावुक भएकी छिन् । अधिवक्ता समेत रहेकी गायिका शिलतले प्रधानमन्त्रीको यो क्रियाकलाप क्षम्य नहुने बताइन् । देशको कार्यकारीले यस्तो गर्नु गम्भरि विषय भएको भन्दै राज्यद्रोहीको मुद्दासमेत लाग्न सक्ने बताइन् । ‘स्वयं कार्यकारीले नै यस्तो काम गरेपछि के कार्वाही होला र ?’, निराश हुँदै शितलले भनिन् ।
यसरी प्रधानमन्त्रीले नै राज्यलाई टुक्रा टुक्रा पार्ने सन्देश दिन खोजिएको हो कि भन्ने शंका भइरहेका बेलामा गायिका शितल पाण्डेले भने देशको महिमा बोकेको राष्ट्रिय भावनाले ओतप्रोते गीत लिएर आएकी छिन् । राष्ट्रियता झल्काउने ‘पूर्ब तिम्रो रस्ती बस्ती’ बोलको उक्त गीतमा शीतल पाण्डे र निशान भटराइको स्वर रहेको छ ।


उक्त गीत बरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको शब्द र वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको छ । गीतको एरेन्ज महाराज थापाले गरेका हुन् ।
भिडियोमा मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्की, विभिन्न चलचित्रहरु र म्युजिक भिडियोमा अभिनय गरेकी कलाकार ऋचा थापा, चित्रकार तथा संगीतकार ज्योतिप्रकाश बिक, गायिका स्वयम् शीतल पाण्डे लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन याम गुरुङले गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् । नबिन घर्ती मगरले भिडियो सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु