सम्बन्ध टुट्नसाथ झल्कियो नायिका शिल्पाको प्रेम

म्यूजिक खबर
प्रकाशित: ५ श्रावण २०७६, आईतवार

काठमाडौं । नायिका शिल्पा पोखरेल र निर्माण छवि ओझाको सम्बन्ध टुटेको बजारभरि हल्ला चलिरहँदा यता भने शिल्पा पोखरेलको भने अर्को सम्बन्ध बाहिरिएको छ । एकातिर सामाजिक सञ्जालमा नायिका शिल्पाको रुने कराउने भइरहेको बेला अर्कोतिर उनको रहस्यमय सम्बन्ध बाहिरिएपछि झन् चर्चाको विषय बनेको छ ।

वास्तवमा उनको टुटेको सम्बन्धको हल्लासँग जोडिएको सम्बन्धको चर्चा भने ‘तिमी सुनसँग जोखिने मान्छे– म सुनपानीले चोखिने मान्छे’ गीतको म्यूजिक भिडियोमा देखिएको हो । भिडियोमा गायक शरद समिपसँग नायिका शिल्पाको अन्तरजातीय सम्बन्धलाई देखाइएको छ । मायाप्रेमभित्रको जातीय विभेदलाई वेवास्ता गर्दै शिल्पाले शरद समिपसँगै जीवन बिताउने निधो गरेकी छन् । भिडियोमा गायक शरद समिप र शिल्पाको मायाप्रेमको कथासँगै सामाजिक रुपमा देखिएको जातीय विभेदको कथा प्रस्तुत गरिएको छ । यस गीतका रचनाकार प्रकाश केसी हुन् भने संगीतकार ज्योति प्रकाश हुन् । गीतको संगीत संयोजन विष्णु अधिकारीले गरेका छन् भने मिक्सिङ विप्लप अधिकारीको रहेको छ ।

भिडियोमा वरिष्ठ कलाकार मोहन निरौला, शिल्पा पोखरेल, शदर समिप, माधव खरेल लगायत एन्जेल राई र कुसाग्र भट्टराईको अभिनय रहेको छ । भिडियोको निर्देशन शान्तिप्रियको रहेको छ भने छायाँकन मुकेश हुमागाईंको रहेको छ । भिडियोको सम्पादन राजेश कुमारको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु