रोइला किङ शिरीष देवकोटा र गायिका सम्झना भण्डारीको ‘बोलिदेऊ आधार’

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७७, सोमबार

काठमाडौं । रोइला किङका रुपमा परिचित लोकप्रिय गायक तथा सर्जक शिरीष देवकोटाको नयाँ गीत ‘बोलिदेउ आधार’ सार्वजनिक भएको छ । दोहोरी गीतमा पनि अब्बल रहेका गायक शिरीष देवकोटा लामो समयदेखि नेपाली गीत संगीतमा आफ्नो परिचय फाराकिलो बनाउन सफल छन् । उनको नाम लिनेवित्तिकै रोइला नसम्झने स्रोताहरु कमै छन् । शिरिष देवकोटाले नयाँ गीत ‘बोलिदेउ आधार’ पछिल्लो समयको चर्चित लोक गायिका सम्झना भण्डारीको युवटुव मार्फत डिजिटल बजारमा सार्वजनिक गरेका हुन् ।

गीतमा शिरीष आफैंले लय तथा शब्द सिर्जना गरेका छन् भने सम्झना भण्डारी र उनको स्वर रहेको छ । गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । गीतको सहगायनमा राजेन्द्र बाजुराली, सागर बाजुराली, प्रेमा राना, रुपी सिंजाली मगरले साथ दिएका छन् ।
गीतको म्युजिक भिडियोलाई मौसम हिमालीको निर्देशन एवं कोरियाग्राफी रहेको छ । भिडियोमा गायक तथा मोडल प्रकाश सपुत र गीता ढुङ्गानाको उत्कृष्ट नृत्य साथै अभिनय देख्न पाइन्छ । भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु