• चर्चामा ‘शिरफूल शिरको’, कमायो दश लाख बढी

    म्यूजिक खबर
    प्रकाशित: १८ बैशाख २०७९, आईतवार

    काठमाडौं । केही दिन अघि सार्वजनिक भएको गीत ‘शिरफूल शिरको’ निकै चर्चामा आएको छ । सामाजिक सञ्जाल Tiktok मा गीतका धेरै भिडियो बनेका छन् ।
    लोकप्रिय गायक एवं सर्जक रबिन लामिछानेको रचना रहेको यस गीतले दश लाख बढीको माया पाउन सफल भएको छ । गीतले छोटो समयमा युट्युबमा १० लाख भिउज क्रस गरेको हो । यो समाचार तयार पारिहेको समयमा गीतलाई १४ लाख ५८ हजार बढीले हेरिसकेका छन् ।

    इश्वर सिंह र शान्ता रानी परियारको स्वर रहेको ‘शिरफूल शिरको’ गीत सुनिरहुँ लाग्ने बनेको छ ।

    गीतमा संगीत समेत इश्वरले नै भरेका छन् । कृष्ण केसीले संगीत संयोजन गरेको गीतलाई एचबिएन किस्मतले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

    लामिछानेको उत्कृष्ट शब्द सृर्जना रहेको गीतको भिडियोमा भिन्न दुई स्थानका मायालु जोडिहरूका कथालाई निकै कलात्मक रुपमा देखाइएको छ ।

    शान्ता रानी युटुयुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोले युटुयुबमा सकारात्मक प्रतिक्रिया पाएको छ । अधिकांश प्रतिक्रियामा विशेषतः शब्दको प्रंशसा भएको छ । यतिबेला गीत टिकटकमा समेत लोकप्रिय बनेको छ ।

    भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् भने अमित सुनारले सह निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा बिनोद भण्डारी र नारायणी खत्रीले अभिनय गरेका छन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु